२०७९, २० असार सोमबार

कोरोनाविरुद्धको खोप अभियान, कर्णालीमा थप २ लाख बढिलाई लगाईदै

सुर्खेत । कर्णाली प्रदेशमा थप दुई लाख बढि नागरिकलाई कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाउने तयारी गरिएको छ । चीनबाट आएको भेरो सेल तथा अमेरिकाबाट आएको जोनसन एन्ड जोनसन खोप प्रदेशका १० वटै जिल्लामा लगाउने तयारी भइरहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

जस अन्तर्गत सुर्खेतमा आज (सोमबार)बाट खोप लगाउने तयारी गरिएको छ । भने दैलेखका सबै क्षेत्रहरुमा खोप वितरण भइरहेकाले खोप लगाउने अन्तिम तयारी भइरहेको स्वास्थ्य सेवा दिर्नेशनालयका सुचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । पछिल्लो समय ५९ हजार डबल डोज भेरो सेल खोप (चीनबाट आएको) कर्णालीमा आएको डबल डोज जसबाट एक लाख १८ हजार बढिलाई खोप लगाउने मिल्ने उनले बताए ।

भेरो सेल खोप ५५ बर्ष माथि उमेर समूहका नागरिक, शिक्षक शिक्षीका, यातायातका चालक, सह— चालक, विदेश जाने कामदारहरु तथा अत्यावश्यक सेवामा खटिने कर्मचारीहरुलाई लगाउने छन् । यस्तै जोनसन एन्ड जोनसन खोप अभियान अन्तर्गत १७ हजार २ सय ८० सिङ्गल डोज जसबाट ८६ हजार ४ सय जनालाई लगाउने पुग्ने सुचना अधिकारी चौधरीले बताए ।

खोप अधियान अन्तर्गत कुल २ लाख ४ हजार ४ सय भन्दा बढिले खोप लगाउने मिल्ने उनले बताए । यो खोप ५० बर्ष देखि ५४ बर्ष समूहका नागरिक, पूर्ण र अति आवश्यक वर्ग, शरणार्थी तथा अघिल्लो अभियानमा छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुले लगाउन पाउने छन् ।
सुर्खेत र दैलेखमा खोप पुगिसकेको तथा अन्य जिल्लाहरु पुग्ने क्रममा रहेको उनले बताए । ‘सुर्खेतका सबै स्थानीय तहमा भोलीबाट खोप अभियान सुरु हुँदैछ,’ उनले भने, ‘सुर्खेतमा साउन ११ र १२ गते, १३ गते छुट भेरोसेल र साउनको १५ देखि १६ गते सम्म जोनसन एन्ड जोनसन खोप लगाइने छ ।’

हाल खोप नेपालगञ्जबाट खोप वितरण भइरहेको छ । मुगु, हुम्ला र डोल्पामा जहाजबाट जाने र अन्य जिल्लामा मोटरबाट पु¥याईने उनले बताए । प्रत्येक जिल्लाहरुमा कोरोनाविरुद्धको खोप समन्य समिति प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति भएको छ । त्यसले निर्णय लिने छ ।

कर्णालीमा यस अघि विभिन्न विभिन्न चरणमा खोप अभियान सुरु गरिएको थियो । जस अन्तर्गत कोभिशिल्ड खोप लगाएका ८० हजार बढिले दोस्रो डोज पाउन सकेका छैनन् । २२ हजार बढिले भेरोसेल लगाएको छ झण्डै ५ हजारले दोस्रो डोज पाउन सकेका छैनन् ।