२०८१, ६ बैशाख बिहीबार

निषेधाज्ञा क्रमश खुल्दै, पूर्ण रुपमा खुल्न अझै समय लाग्ने

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरका कारण सुर्खेतमा बैशाख १४ गते रातीबाट निषेधाज्ञा जारी गरिएको छ । सुरुमा एक हप्ताको लागि जारी गरिएको निषेधाज्ञा विभिन्न समयमा थप हुँदै साउन सात गते सम्मलाई जारी गरिएको छ । पछिल्लो समय कोरोना संक्रमण जोखिम कम हुँदै गए संगै असार एक गतेबाट क्रमश निषेधाज्ञा खुकुलो हुँदै गएको छ ।

असार यता विभिन्न समयमा गरेर यातायात, बजार खुलिसकेको छ । भने सभा सम्मेलन, भेला, विद्यालय सञ्चालन गर्न अनुमति दिइएको तर सरकारले कक्षा १२ तथा अन्य विद्यालय, विश्वविद्यालयका परीक्षाहरु भने सञ्चालन गर्न अनुमति दिएको छ ।

कोरोनाको पहिलो लहरका कारण झण्डै ६ महिना भन्दा बढि बन्द रहेका व्यापारिक क्षेत्र, यातायात क्षेत्र, विद्यालय तथा अन्य थुप्रै क्षेत्रहरु दोस्रो लहरका कारण पनि नराम्रो संग प्रभावित भइरहेका छन् । पछिल्लो समय कोरोनाको जोखिम ओरालो लाग्दै गए पनि अहिले नै पूर्ण रुपमा निषेधाज्ञा खुलाउन नहुने सुर्खेतमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

‘कोरोना गा्रफ ओरालो लाग्दै छ । बिस्तारै निषेधाज्ञा हट्दै गएको छ,’ उनले भने, ‘सबैले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना नगरेका कारणले निषेधाज्ञा खुलाउन गाह्रो भइरहेको छ ।’

पछिल्लो समय दिन प्रतिदिनको कोरोनाको रिर्पोट कर्णाली तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाँङ लगायतका जिल्लाहरुमा निषेधाज्ञा पूर्ण रुपमा खुलाईएको अवस्थामा सुर्खेतमा पनि पूर्ण रुपमा निषेधाज्ञा खुल्ने उनले बताए । अहिलेको अवस्था हेर्दा क्रमश निषेधाज्ञा खुल्दै जाने बताए । निषेधाज्ञाको समयमा नेपाल सरकारले २५ जना भन्दा कम मानिसहरु सामाजिक दुरी कायम गरेर कार्यक्रमहरु गर्न पाउने तर त्यो भन्दा धेरै मानिसहरुको संख्या जम्मा हुन नपाउने बताएको छ ।

तर राजनीतिक दलहरुले त्यसको चरम उल्लंघन गरिरहेका छन् । प्रजिअ रिजालले नागरिकले आफुलाई बहादुर सम्झिदै स्वास्थ्य मापदण्डको पालना नगर्ने, राजनीतिक कार्यकर्ताहरुको अटेरीका कारणले पनि कोरोना नियन्त्रणमा समस्या भइरहेको बताए ।

थप २ जना कोरोना संक्रमितको मृत्यु

कर्णाली प्रदेशमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत रुकुम पश्चिमका एक र सुर्खेतका एक जनाको मृत्यु भएको हो ।

यो संगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७ जनाको एन्टिजेन विधिबाट गरिएको परिक्षणमा २७ जनामा संक्रमण पुष्टी भएको छ । हाल सम्म कर्णालीमा सात सय दुई जना सक्रिय संक्रमितहरु रहेका छन् । कर्णालीमा हाल सम्म कुल संक्रमित मध्ये २७ हजार दुई सय ९५ जना कोरोना संक्रमित उपचार पछि निको भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।