२०८१, ८ बैशाख शनिबार

३० बर्ष देखि फरार अभियुक्त पक्राउ

सुर्खेत । प्रहरीले  ३० बर्ष देखि फरार रहेका एक जना अभियुक्त पक्राउ गरेको छ । कर्णाली प्रदेश कार्यालयको टोलीले जिल्लाको गुर्भाकोट नगरपालिका–८ स्थायी घर भई वीरेन्द्रनगर–२ बस्ने विरमी कमेनीलाई पक्राउ गरेको हो ।

२०४८ साल माघ १८ गते जिल्ला अदातलले सर्वस्व सहित जन्म कैद भएकी कालि भन्ने विरमी कमेनीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी विरमीलाई जिल्ला अदालत सुर्खेतमा पेश गरिएको प्रहरीले जनाएको छ ।