२०८१, ७ बैशाख शुक्रबार

मध्यपश्चिम विश्वविद्यालयको कानून संकायमा तालबन्दी

 

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको कानून संकाय (एल स्कुल)मा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । बिहीबार दिउँसो विद्यार्थीहरुको समूहले कानून संकायका कार्यक्रम निर्देशक (उप–प्राध्यापक) उपेन्द्र बहादुर विकलाई केहि समय कार्यकक्षमा थुनेका समेत छन् । संयुक्त विद्यार्थी संघठनको समूहले डि प्लस ग्रेड ल्याएका विद्यार्थीहरुलाई पनि बिएएलएलबी कार्यक्रममा भर्ना लिनुपर्ने माग सहित तालबन्दी गरेका हुन् ।

विश्वविद्यालय प्रागिक परिषद्को २०७६ मंसिर ६ गतेको निर्णयमा न्यूनतम डि प्लस ग्रेड ल्याएका विद्यार्थीलाई पनि भर्ना लिने भनि २०७८ मंसिर १६ गते निर्णयको प्रतिलिपि सहित ल क्याम्पसमा दर्ता भएको प्रष्ट भए पनि प्रत्येक बिषयमा सि ग्रेड ल्याउनेलाई मात्रै भर्ना लिइने सूचना जारी गरिएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

विद्यार्थीहरुले प्राज्ञिक परिषद्को मंसिर ६ को निर्णय तत्काल कार्यान्यन गर्नुपर्ने माग राखेका छन् । यस अघि बिएएलएलबी कार्यक्रम अन्तर्गत २०७७ फागुन १७ गते पहिलो पटक प्रवेश परीक्षा भएको थियो । जसमा प्रश्न पत्र लिक भएको र डि प्लस ग्रेडलाई पनि परीक्षामा सहभागि गराइएको प्रमाणीत भए पछि परिक्षा नै रद्द भएको थियो । त्यस यता विश्वविद्यालयले २०७८ साउन सात गते पुनः परीक्षाको मिति सार्वजनिक गरेको छ । जसमा प्रत्येक बिषयमा सि ग्रेड र समग्रमा समेत सि ग्रेड ल्याएको हुनुपर्ने उल्लेख गरेको छ ।

त्रिभूवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरुले समेत डि प्लस ग्रेडलाई भर्ना लिएकोमा मध्यपश्चिम विश्वविद्यालयले केहि व्याक्तिगत स्वार्थका लागि प्रागिक परिषद्को निर्णय लुकाएर स्वइच्छिक ढंगले विद्यार्थीको भविष्यमाथि नै खेडबाड गरेर मिति सार्वजनिक गरेको मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान स्ववियू सदस्य रोसन बस्नेतले बताए ।

विश्वविद्यालयमा यस्ता खालका अनैतिक हर्कत गर्ने र विद्यार्थीको भविष्यमाथि नै खेडबाड गर्ने कार्यक्रम निर्देशक लगायत उपकुलपतिले तत्काल निर्णय सच्याएर डि प्लस ग्रेड ल्याएका विद्यार्थीले पढ्न पाउनुपर्ने कानून संकायमा अध्ययनरत विद्यार्थी तेजबहादुर बमले बताए । तत्काल यस अघिको परीक्षामा सहभागिहरुले समेत पुन प्रवेश परीक्षामा सहभागि नगराए थप आन्दोलित हुने कानून संकायका विद्यार्थी सचिन तिमिल्सेनाले जानकारी दिए ।