२०७८, २१ श्रावण बिहीबार

खोप नलगाए सम्म परीक्षा नै नलिने प्राध्यापकको चेतावनी

सुर्खेत । त्रिभूवन विश्वविद्यालय अन्तर्गतको सुर्खेत क्याम्पस शिक्षाका प्राध्यापकहरुले कोरोनाविरुद्धको खोप नलगाए सम्म विद्यार्थीको परिक्षाका कुनै पनि काममा सम्मिलित नहुने चेतावनी दिएका छन् । मंगलबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै चार प्राध्यापक संघ, संगठन र त्रिवि, कर्मचारी संघले कोरोना विरुद्धको अभियानबाट प्राध्यापक तथा कर्मचारी बन्चित भउको बताएका छन् ।

‘ठूलो भिडभाड तथा जमघटसहितको परीक्षा सञ्चालनमा यहि परिस्थिति विद्यमान रहेसम्म हामीहरु परीक्षाका कुनै पनि काममा सम्मिलित नहुने स्पष्ट पार्न चाहान्छौँ,’ वत्तव्यमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा हामीलाई तत्काल परीक्षा हुनुको दुई हप्ता अगाडी नै कोरोनाविरुद्धको खोप उपलब्ध गराई परीक्षामा सहभागि हुने वातावरण सिर्जना गरियोस् ।’

सुर्खेत क्याम्पस शिक्षा, वीरेन्द्रनगर नगरपालिका, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेत, जिल्ला कोभिड–१९ संङ्कट व्यवस्थापन केन्द्र सुर्खेत, त्रिभूवन विश्वविद्यालय प्राध्यापक संघ, केन्द्रीय समिति, उपकुलपति, त्रिभूवन विश्वविद्यालयको समेत ध्यानाकर्षण गराएका छन् ।

त्रिवीको परीक्षा नियन्त्रण कार्यालय बल्खुले रोकिएका परिक्षाहरु आगामि साउनको पहिलो साता बाट लिने गरी सुचना प्रकाशन गरेको अवस्थामा त्यो भन्दा पहिलो खोपको व्यवस्थापन हुनुपर्ने त्रिवि प्राध्यापक संघ, सुर्खेत क्याम्पस शिक्षाका सभापति बलभद्र भारतीले बताए । कोरोनाका कारण त्रिविका कर्मचारी, प्राध्यापकहरु समेत नराम्रो संग प्रभावित भएको अवस्थामा तत्काल खोप उपलब्ध गराउनुपर्ने उनको माग छ ।

Press Release