२०७८, २१ श्रावण बिहीबार

स्थानीय तहको बजेट, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्र प्रथामिकतामा

वीरेन्द्रनगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उप–प्रमुख मोहनमाया ढकाल ।  तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक ।

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को न्यूनिकरण, शिक्षा, कृषि, खेलकुद लगायतका क्षेत्रहरुलाई विशेष प्रथामिकता दिँदै कर्णालीका स्थानीय तहले बजेट ल्याएका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कृषि क्षेत्रमा एक वडामा एक सामुदायीक बिउ बैंक स्थापना गर्ने, कृषिमा व्यवसायीकता युवा उद्यमशिलता कार्यक्रम, पशुपंशि बिमा कार्यक्रम, एक सहकारी एक उत्पादन गर्ने जस्ता थुप्रै कार्यक्रमहरु अघि सारेको छ । बिहीबार नवौँ नगरसभामा नगरको आगामि आर्थिक बर्ष २०७८÷०७९ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उप–प्रमुख मोहनमाया ढकालले चालु तर्फ १ अर्ब १३ करोड १९ लाख २६ हजार र पुँजीगत तर्फ ४३ करोड ३३ लाख ३६ हजार गरी जम्मा १ अर्ब ५६ करोड ५२ लाख ६२ हजार ६ सय ३५ रुपैयाँको बजेट सार्वजानिक गरिन् ।

बजेटमा कृषि संगै कोरोना भाइरसलाई न्यूनिकरण गर्न अक्सिजन प्लान्ट स्थापना गर्ने, कोरोनाबाट प्रभावित उद्योगलाई लक्षित गरी सहुलियत प्रोत्साहक कार्यक्रम अघि सारेको छ । यस्तै नगरलाई उप–महानगर बनाउने, पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने, विद्युतको विकास गर्ने जस्ता थुप्रै महत्वकाँक्षी योजनाहरु नगरले अघि सारेको छ ।

यस्तै सुर्खेतकै भेरिगंगा नगरपालीकाले आगामि आर्थिक वर्ष २०७८÷०७९ को लागि ५९ करोड भन्दा बढकिो बजेट ल्याएको छ । नगरपालिको नवौँ नगरसभामा नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले नगरको वडा नम्वर १ र २ लाई केरा खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने, १,२,३,४,५,६ र ७ लाई बाख्रा पालनको विषेश पकेट क्षेत्रको रुपमा विकास गर्ने वडा नम्वर ४,८,९,१०,११,१२ र १३ लाई दुधको पकेट क्षेत्रको रुपमा विकास गरिने निती तथा कार्यक्रममा सार्वजनिक गरे ।

खानेपानीका परम्परागत श्रोतहरुको संरक्षण गर्दै उक्त श्रोतमा आधारीत खानेपानी आयोजनाहरु निर्माणका लागी तत्काल सम्भाव्यता अध्ययनको काम अगाडी बढाउने पनी निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । पत्रकारिता क्षेत्रको विकासका लागी नेपाल पत्रकार महासंघ सुर्खेत संग सहकार्य गरी पत्रकार अक्षयकोषको स्थापना गर्ने लगाएतका निति तथा कार्यक्रमरु नगरसभामा पेश गरिएको छ ।

सुर्खेतकै सिम्ता गाउँपालिकाले ५० करोड ८० लाख ३० हजार १ सय ५३ रुपैयाँको वजेट ल्याएको छ । गाउँपालिकाले केन्द्रको प्रधानमन्त्री स्वरोजगार ,प्रदेशको मुख्यमन्त्री रोजगार जस्तै स्थानीय तहको अध्यक्ष स्वरोजगार कार्यक्रमका अघि सारेको छ । जसको लागि २ करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाले इन्द्र बिसि फास्ट्याक, ऋृषि स्मृति चक्रपथ जस्ता गाउँपालिका गैरवका योजनाहरु अघि सारेको छ । चौकुने गाउँपालिकाले ४८ करोड ७५ लाख ७० हजारको बजेट ल्याएको छ । गाउँपालिकाले कोरोना भाइरसको नियन्त्रण, कृषि, पशुपालन, शिक्षा, रोजगार जस्ता कुराहरुलाई प्रथामिकतामा राख्दै बजेट ल्याएको चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए ।

यता दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका कृषि, शैक्षिक क्षेत्र, खेलकुद जस्ता कुराहरुलाई प्रथामिकतामा राख्दै बजेट ल्याएको छ । बिहीबार नवौँ नगरसभा मार्फत आगामि आर्थिक बर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै उप–प्रमुख तारा शाहीले ४५ करोड तिन लाख ३९ हजार ३२ रुपैयाँको बजेट प्रस्तुत गरिन ।

बजेटमा कृषि क्षेत्रलाई विशेष प्रथामिकतामा राखेर विभिन्न कार्यक्रमहरु अघि सारिएको छ । कृषि क्षेत्रमा एक वडा एक नर्सरी, मकै पकेट क्षेत्र, भैसी तथा दुग्घ प्रवर्धन जस्ता थुप्रै कार्यक्रमहरु अघि सारिएको छ । यस्तै एक टोल एक खेल मैदान निर्माण गर्ने, आय मुलक जैविक मैत्री हरियाली सडक निर्माण गर्ने जस्ता कार्यक्रमहरु सार्वजनिक गरिएको छ । वडा नम्बर ६ को लैनचौरलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने, नगरबसलाई दुल्लु नगरपालिका सम्म विस्तार गर्ने साथै बहुप्राविधिक शिक्षालयको नीतिलाई अघि सारिएको छ ।

उप–प्रमुख शाहीले कोरोना रोकथाम तथा न्यूनिकरण संगै विकास निर्माणका कामहरुलाई समेत अघि बढाएको बताइन् । नगरले चालु आर्थिक बर्षमा झण्डै ४२ करोडको बजेट ल्याएको थियो । कर्णालीका अन्य स्थानीय तहले पनि कृषि, रोजगार, शिक्षा, स्वास्थ्य लगायतका कुराहरुलाई प्रथामिकतामा राख्दै आगामि आर्थिक बर्षको बजेट ल्याएका छन् ।