२०७८, २१ मंसिर मंगलवार

निषेधाज्ञामा रगत अभाव टार्न रक्तदान

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरका कारण अस्पतालहरुमा देखिने रगत अभाव टार्न युवाहरुले रक्तदान गरेका छन् । नेपाल रेडक्रस संगको समन्वयमा विपी कोइराला इस्कुल अफ पब्लिक पोलिसी सुर्खेतले रक्तदान गरेको हो ।

वीरेन्द्रनगर–३ स्थित नयाँ मार्ग टोल (बजाज स्वरुम) अगाडी आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ जना युवाहरुले (२५ पइन्ट) रक्तदान गरेको विपी कोइराला इस्कुल अफ पब्लिक पोलिसि सुर्खेतका अध्यक्ष विवेक खड्काले जानकारी दिए ।

कोरोना भाइरसको कारण अस्पतालहरुमा रगत अभाव नहोस भन्ने उद्देश्यका साथ रक्तदान गरिएको उनको भनाई छ । रगत प्रदेश अस्पतालको रेडक्रस शाखा बुझाईको उनको भनाई छ ।