२०७८, ३१ जेष्ठ सोमबार

प्रदेश अस्पताल सुर्खेतको प्रवक्तामा डा. केसी

सुर्खेत ।  कर्णाली प्रदेश अस्पतालको प्रवक्तामा डा. विकास केसी नियुक्त भएका छन् । वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनसमेत रहेका डा. केसीलाई अस्पतालले प्रवक्ताको जिम्मेवारी दिएको हो ।

पहिलो चरणको कोरोना संक्रमणबाट डा. हरि सापकोटाको निधन भएपछि गत माघ देखि डा. केसीले अस्पतालको हाडजोर्नी तथा नशारोग विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए । यसअघि राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालमा का र्यरत डा. केसी दसौं तहका हुन् ।

सम्बन्धित समाचार