२०८१, ८ बैशाख शनिबार

विपद् प्रतिकार्यमा वडास्तरमा स्वयंमसेवक परिचालन गर्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् प्रतिकार्यका लागि वडा स्तरमा स्वयंमसेवक परिचालन गर्न कालिकोटका स्थानिय तहलाई निर्देशन दिएका छन् । स्वास्थ्य पुर्वाधार र योजना अनुगमनाका लागि गृह जिल्ला कालिकोट पुगेका मुख्यमन्त्री शाहीले सोमबार जिल्ला स्तरिय विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोदन गर्दै शाहीले निर्देशन दिएका हुन् । कोरोना महामारी र जिल्लामा वर्षेनी प्राकृतिक प्रकोपबाट उत्पन्न हुने समस्याबारे समयमै सजक हुन् निर्देशन दिदै मुख्यमन्त्री शाहीले प्रत्येक वडा तहमा स्वयंमसेवक परिचान गर्नुपर्नेमा जोड दिए ।

‘यो अवस्थामा जनतालाई भित्र राखेर सेवक बाहिर हिड्नु पर्छ, प्रत्येक कर्मचारी, जनप्रतिनिधी, सबै सरोकारवाला निकाय र संरचनाहरु यतिबेला कोरोना महामारी केन्द्रित हुन आवश्यछ,’ मुख्यमन्त्री शाहीले भने, ‘सबै मिलेर महामारीको सामना गरौं, जनतालाई आवश्यक राहात र दरिलो साथ दिऔं ।’
मुख्यमन्त्री शाहीले कोभिड नियन्त्रणको पहिलो प्राथमिकता जनचेतना भएको भन्दै आवश्यक जनचेतना फैल्याउन समेत आग्रह गरे । साथै निषेधाज्ञा थप कडा गर्न समेत निर्देशन समेत दिए । ‘स्थानिय तहको आगामी बजेट कोरोना केन्द्रित गर्नुस,’ स्थानिय तहका प्रमुखलाई निर्देशन दिँदै मुख्यमन्त्री शाहीले भने, ‘यूवाहरुलाई रोजगारीको सिर्जना गर्नुस, बालबालिकाको भविश्य निर्माणका लागि आवश्यक योजना ल्याउनुस, समग्रमा आउँने पिँडिलाई बजेट केन्द्रित गर्नुस ।’

बैठकमा स्थानिय तहका अध्यक्ष एवम् प्रमुख लक्ष्मणबहादुर बम, खड्गराज सेजुवाल, डिबि शाही लगाएतले स्थानिय तहले भोगीरहेका समस्याबारे मुख्यमन्त्री शाहीलाई रिर्पोटिङ्ग गरेका थिए । उनिहरुले थप स्वास्थ्यकर्मी, आवश्यक स्वास्थ्य सामाग्री र बजेटको प्रवन्ध गरिदिन मुख्यमन्त्री शाहीलाई आग्रह समेत गरेका छन् ।

गाउँमा विबाह, बर्तबन्द र मलामी जानेक्रम नरोकिएकाले कोरोना संक्रमण नियन्त्रण गर्न थप चुनौती भएको बताएका थिए । गाउँमा कोरोना परिक्षण गर्दा प्राविधिक समस्या, स्थानियले परिक्षण गर्न नमान्ने र जनचेतनाको अभाव रहेको समेत पाइएको छ ।

मुख्यमन्त्री शाहीले यस अघि सोमबार नै जिल्ला अस्पताल कालिकोटका डाक्टरहरु संग पनि छलफल गरेका छन् । छलफलका क्रम्मा अस्पतालका निमित्त प्रमुख कटक महतले १४३ जना कर्मचारी दरबन्दी आवश्यक माग पत्र मुख्यमन्त्री शाहीलाई बुझएकका छन् । त्यस्तै चिकित्सकहरुले आईसियू सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न र स्वास्थ्यकर्मीले पाउँनु पर्ने भत्ता समयमै उपलव्ध गराइदिन आग्रह गरेका छन् ।

छलफलका क्रममा मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै आवश्यक व्यवस्थापन प्रदेश सरकारले गर्नेमा विश्वस्त बनाए । ‘तपाईहरु उच्च मनोबलका साथ काम गर्नुस, प्रेदेश सरकार तपाईहरुको साथमा छ,’ उनलल भने, ‘कुरा भन्दा पहिला काम गर्नुस, बिजुली नभएको ठाउँमा सोलार जडान गर्नुस, त्यसका लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्छ ।’ साथै मूख्यमन्त्री शाहीले यो वर्षेको एकमुट जोखिम भत्ता तत्काल उपलब्ध गराइने प्रतिवद्धता समेत व्यक्त गरे ।