२०७८, २१ मंसिर मंगलवार

कोरोनाको दोस्रो लहर, कर्णालीमा संक्रमणदर घट्दै निको हुने बढ्दै

सुर्खेत । बैशाख यता कर्णालीमा तिव्र गतिमा फैलिरहेको (कोरोना भाइरस–१९)को संक्रमणदर केहि कम हुँदै गएको छ । पछिल्ला दिनहरुको तथ्याङ्क हेर्दा संक्रमणदर घट्दै गएको छ भने निको हुनेको दर बढ्दै गएको छ । तर मृत्युहुने दरमा भने उल्लेखनिय सुधार हुन सकेको छैन ।

पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार आरटी पिसिआर विधिबाट गरिएको परिक्षणमा ८९ र एन्टिजेन विधिबाट ६९ जनामा संक्रमण पुष्टी भएको छ । जुन अन्य दिनको तुलनामा एकदमै कम हो ।

यस अघि शनिबार आरटी पिसिआर विधिबाट एक सय २९ र एन्टिजेन विधिबाट एक सय चार जनामा संक्रमण पुष्टी भएको थियो भने तिन सय ४२ जना उपचार पछि निको भएका थिए । तर शनिबार एकै दिन १० जनाको मृत्यु भएको थियो ।

मृत्युदरमा सुधार नभए पनि निको हुनेदर पछिल्लो एक हप्तामा संक्रमितको भन्दा धेरै छ । हाल प्रदेशका अस्पताल तथा आइसोलेसन सेन्टरमा पाँच हजार सात सय २८ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ३९ जना संक्रमित निको भएका छन् । यो संगै कुल संक्रमित मध्ये निको हुनेको संख्या १५ हजार सात सय ५९ पुगेको छ । भने कुल संक्रमित हुनेको संख्या २२ हजार आठ सय ६० पुगेको छ ।

थप ४ जनाको मृत्यु
कर्णाली प्रदेशका अस्पताल तथा आइसोलेसनमा उपचारको क्रममा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतका दुई र दैलेखका दुई जनाको मृत्यु भएको हो । यो संगै कर्णाली प्रदेशका कुल संक्रमित मध्ये मृत्यु हुनेको संख्या दुई सय ४१ पुगेको छ ।