२०७८, २१ श्रावण बिहीबार

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली राखेर संविधान पुनः लेखनको माग

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले संविधान पुनः लेखनको माग गरेको छ । प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि नयाँ शक्ति पार्टीले प्रेस वक्तव्य जारी गर्दै प्रत्येक्ष निर्वाचित राष्ट्रपति प्रणाली सहितको संविधान निर्माण गर्नुपर्ने बताएको छ ।

प्रधानमन्त्री र रास्ट्रपतिको मिलेमतोमा शुक्रबार मध्यरातमा नेपालको लोकतान्त्रिक राज्यब्यबस्थालाई समाप्त पार्ने खेलको भन्दै नयाँ शक्तिले त्यसको भत्सर्ना गरेको छ । प्रतिनिधिसभा विघटन हुनुमा सांसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू जिम्मेवार रहेको नयाँ शक्तिले ठहर गरेको छ ।

‘मुख्य राजनैतिक नेतृत्वको अदुरदर्शिताका कारण प्रतिनिधि सभाको विघटन हुन पुगेको हो ।’ वक्तव्यमा भनिएको छ । नयाँ शक्तिले संविधानलाई पुनः लेखन गर्न सर्वदलीय संयन्त्र निर्माण गरेर मुख्य गरि शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित रास्ट्रपति र पुर्ण समानुपातिक संसदीय प्रणाली, भ्रष्टाचार नियन्त्रण गर्न शक्तिशाली लोकपल गठन । र प्रदेश शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रणाली समाबेश गर्न आग्रह गरिएको छ ।