चौकुने गाउँपालिकाको गाडी अब एम्बुलेन्स
सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले गाउँपालिकाको गाडीलाई कोरोना संक्रमित बिरामी बोक्नमा प्रयोग गर्ने भएको छ । संक्रमितलाई ध्यानमा राखेर गाउँपालिकाको कर्णाली प्रदेश ०२००१ झ ००८२ नम्बरको गाडी बिरामीको ओसारपसारमा प्रयोग गरिने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले जानकारी दिए ।
सोमबार एक सुचना जारी गर्दै अध्यक्ष शाहीले गाउँपालिकाको स्रोतले भ्याए सम्म जनताको ज्यानको सुरक्षामा लाग्ने समेत बताएका छन् ।
‘२ वटा एम्बुलेन्स साधारण बिरामीलाई अस्पताल पु¥याउनको लागि तयारी अवस्थामा राखेका छौँ’ अध्यक्ष शाहीले भने, ‘गाउँपालिकाको एक मात्र गाडी कोरोना पोजेटिभ बिरामीहरुको ओसारपसार गर्न प्रयोग गर्ने गरी व्यव्स्था मिलाएका छौँ ।’
गाउँपालिकाले कोरोना संक्रमितलाई ध्यानमा राखेर जीवन ज्योति माध्यामिक विद्यालयमा २१ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । त्यसलाई ५० बेडको बनाउने लक्ष्य राखिएको छ ।
अध्यक्ष शाहीले गाउँपालिकामा अक्सिजनमा कमी आउन नदिएको बताए । हाल गाउँपालिकाको आइसोलेसनमा ४ जना र होम आइसोलेसनमा १२ जना कोरोना संक्रमित रहेका छन् । ती सबैको अवस्था सामान्य रहेको अध्यक्ष शाहीले जानकारी दिए ।