२०७८, ५ असार शनिबार

वीरेन्द्रनगरले सुरु गर्यो २५ शैयाको कोभिड अस्पताल

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शैयाको कोभिड अस्पतालको सुरुवात गरेको छ । (कटकुवा स्वास्थ्य चौकीमा) निर्माण गरिएको कोभिड अस्पतालको शुक्रबार नगर प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरेका छन् । अस्पतालमा अक्सिजन सहित डाक्टर, नर्सको व्यवस्थापन गरिएको नगरपालिकाले बताएको छ ।

समारोहमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, नगर उप प्रमुख मोहनमाया ढकाल, प्रदेश अस्पतालका कन्सलटेन्ट चिकित्सकहरू डा. नवराज के.सी., डा. प्रदिप न्यौपाने लगायतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।