२०८१, ७ बैशाख शुक्रबार

कर्णालीमा थप ८ जनाको मृत्यु, ५०३ जना संक्रमित थपिए

सुर्खेत । कर्णाली प्रदेशमा थप ५ सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टी भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा आरटि पिसिआर विधिबाट गरिएको परिक्षणमा ४ सय जना र ¥यापिड एन्टिजेन विधिबाट गरिएको परिक्षणमा थप १ सय ३ जनामा संक्रमण पुष्टी भएको हो ।

नयाँ संक्रमितहरु सुर्खेतका ३ सय ६८, दैलेखका ४३, जाजरकोटका २३, सल्यानका २४, रुकुम पश्चिमका १७, कालिकोटका २२ र जुम्लाका ६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ३९ जना डिस्चार्ज भएका छन् । यो संगै कुल संक्रमित मध्ये हाल सम्म ७ हजार ७ सय ४८ जना डिस्चार्ज भएका छन् । हाल प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा २ हजार ८ सय २१ जना संक्रमित रहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा थप ८ जना संक्रमित को मृत्यु भएको छ । बुधबार र बिहीबार गरेर ५ जना सुर्खेतका, एक जना दैलेखका, एक जना सल्यानका र एक जना नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । यो संगै कुल संक्रमित मध्ये मृतकको संख्या ७३ पुगेको छ ।