२०७८, २१ श्रावण बिहीबार

सुर्खेतमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सुर्खेत । सुर्खेतमा कोरोना संक्रमित ७३ बर्षीया एक पुरुषको मृत्यु भएको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा कालिकोटको नरहरिनाथ गाउँपालिका–९का पुरुषको मृत्यु भएको हो । ती पुरुष बैशाख ११ गते प्रदेश अस्पतालमा श्वासप्रश्वास प्रणालीमा अवरोधको समस्या भई भर्ना भएका थिए । पिसिआर परीक्षणका लागि स्वाब नमूना संकलन र परीक्षण भई सोही दिन कोभिड–१९ संक्रमण पुष्टि भएको ।

बिरामीलाई अस्पतालको कोभिड आइसोलेसन वार्डमा राखी आवश्यक उपचार गर्ने क्रममा स्वास्थ्यमा सुधार नभई बैशाख १६ (बिहीबार) मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । उनको सव नेपाली सेनाले व्यवस्थापन गरेको छ । यो संगै कर्णालीमा कोरोना संक्रमित भएका मध्ये ३९ जनाको मृत्यु भएको छ ।