२०७८, २१ श्रावण बिहीबार

कोरोना विरुद्धको खोप अभियान रोकियो

काठमाडौँ । काठमाडौँ सहित देशका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी भए संगै दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान स्थगित भएको छ । आजदेखि दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो डोज लगाउने कार्य रोकिएको हो ।
नेपाल सरकारको निर्णय अनुसार कोभिड विरुद्धको खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाले जनाएको छ । खोप कार्यक्रम अर्को सूचना नआए सम्मका लागि स्थगित गरिएको हो ।

पछिल्ला केही दिनयता काठमाडौँ उपत्यकामा चिनियाँ खोप भेरोसेलको पहिलो डोज र कोभिसिल्डको दोस्रो डोज लगाउने कार्यक्रम सञ्चालन भइरहेको थियो । तर सरकार अभियान स्थगित गर्नुको खास कारण भने उल्लेख गरेको छैन ।