२०७८, ५ असार शनिबार

कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । कोरोना भाइरस (कोभिड—१९)को दोस्रो लहरका कारण सुर्खेतमा निषेधाज्ञा जारी भएको समयमा संसद सञ्चालन गरेको भन्दै एमालेले बैठक अवरुद्ध पारेको हो । निषेधाज्ञा गरेर जनतालाई घर भित्र बसालेर सरकारले गैरजिम्मेवार पूर्ण काम गरेको भन्दै एमालेका सांसदहरु उभिएर अवरुद्ध पारेका हुन् ।

सभामुख राजबहादुर शाही बैठकको कारवाही सुरु गर्नै लाग्दा एमाले सांसद गुलावजंग शाहीले कोरोनाको माहामारी फैलिएको समयमा बैंठक बस्नु जायज नभएको भन्दै विरोध जनाएका थिए । त्यस लगत्तै एमालेका सबै सांसदहरु उभिएर बैठक अबरुद्ध पारेका हुन् ।

सभामुख शाहीले दलिय सहमति गरेर अघि बढ्न आग्रह गरेपनि विरोध जारी रहेका पनि करिव १५ मिनेट बसेर बैठक सुचना नआउञ्जेल सम्मको लागि स्थगित भएको छ ।