२०८१, ७ बैशाख शुक्रबार

मैत्रीपूर्ण भलिबलमा पत्रकारको टोली बिजयी

सुर्खेत । सुर्खेतको बीरेन्द्रनगरमा भएको पत्रकार र चुलीयुवा क्लबबीचको मैत्रिपुर्ण भलिबलमा पत्रकारको टोलीले जित हात पारेको छ । चुलियुवा क्लबको आयोजना र खेलकुद पत्रकार मञ्चको समुन्वयमा भएको खेलमा पत्रकारको टोलीले दुई शुन्यको सोझो सेटमा आयोजकलाई पराजित गरेको हो । प्रदेशस्तरिय भलिबल प्रतियोगिताको पुर्व सन्ध्यामा पत्रकार र आयोजकबीच मैत्रिपुर्ण खेल संञ्चालन गरिएको हो ।

पहिलो सेटमा २५­१६ को अन्तरमा हराएको पत्रकारको टोलीले दोस्रो सेटमा २५­२१ को अन्तरले पाखा लगायो । दोस्रो सेटमा शुरुवाती अग्रता लिएको चुलिले आफुलाई सम्हाल्न नस्कादा नतिजा सुम्पन पुगेको हो । ९­३ को अग्रता बनाएको चुलिले सेटर र डिफेन्डरको तालमेल मिल्न नस्कदा आफु अनुकुलको नतिजा हात पार्न सकेन । खेल संञ्चालनको लागि सुर्खेत संञ्चार सेन्टरका हर्षविक्रम खड्का र होटल अशोकाका चिन्तामणी शर्माले आर्थिक सहयोग गरेका थिए ।

यसैबीच आज (बुधबार)देखी कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेशस्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताको विजेताले २ लाख हातपार्दा उपबिजेताले १ लाख ५० हजार पाउने आयोजकले जनाएको छ । यस्तै तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पाउदाँ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ रुपैयाँ पाउनेछन ।