२०७८, २१ श्रावण बिहीबार

तीन जना श्रष्टालाई सम्मान गरिदै

सुर्खेत । कर्णाली साहित्य समाजले ३ जना शष्टालाई सम्मान गर्ने भएको छ । लोक संस्कृति तथा साहित्य क्षेत्रमा योगदान पु¥याएका व्याक्तित्वलाई कृति, साधना र प्रतिभा पुरस्कार वितरण गर्न लागेको हो । बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै समाजले चैत्र ११ गते पुरस्कार वितरण गर्न लागेको जानकारी दिएको छ ।

जसमा २५ हजार राशीको साधना पुरस्कार तर्फ लोकसंस्कृतिका लेखक संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान प्रदान गर्न लागिएको छ । उनलाई कर्णाली साहित्य साधना सम्मान (ताम्रपत्रसहित) सम्मान गर्न लागिएको हो । नेपालमा तीन पटक मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व शताब्दी पुरुष जोशी हुन् । सोहि राशीकै प्रतिभा पुरस्कार वरिष्ठ लोकसाधक प्रेमदेव गिरीलाई प्रदान गर्न लागिएको हो ।

५० हजार राशीको कृति पुरस्कार तर्फ २०७६ सालमा प्रकाशित भएका कृतिहरु मध्यबाट छनोट गरी ललित विष्टकृत कथासंग्रह ‘मोहपथ’लाई प्रदान गर्न लागिएको साहित्य समाजले जानकारी दिएको छ । कर्णाली साहित्य समाजले गत बर्षबाट कर्णालीमै संस्थागत रुपमा स्थापना गरिएको अहिलेसम्मकै ठूलो पुरस्कार राशी हो । गत वर्ष कृति पुरस्कार महेश थापाको ‘मरीचिका’ कथा संग्रह, प्रतिभा पुरस्कार तर्फ बुद्धिसागरलाई र साधन सम्मान (ताम्रपत्रसहित) कवि श्यामललाई प्रदान गरेको थियो ।

सत्यमोहन जोशीले कर्णालीलाई चिनाउनका लागि दिएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागेको कर्णाली साहित्य समाजका सचिव सरस्वती पन्तले बताइन् । साहित्य समाजका अध्यक्ष खेगन्द्र अधिकारीले कर्णाली साहित्य समाजले कर्णाली चिनाउँदै नेपाल भरी भाषा, साहित्यको विकास, संरक्षण र सम्बद्र्धनका साथै साहित्य श्रीबृद्धि गर्ने लक्ष्य लिएको बताए ।