२०८१, १ बैशाख शनिबार

बादी समुदायको गुनासोः भोट हालेर जिताएका नेता भेट्न समेत आएनन्

सुर्खेत । गएको सोमबार देखि कृषि योग्य जमिनको माग गर्दै बादी समुदायका मानिसहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी धर्नामा छन् । प्रदेश सरकारले जमिनको अधिकार आफुहरुलाई नभएकाले जमिन दिन नसक्ने बताएको छ । यसरी प्रदेश सरकारबाट निराश भएका उनीहरु सशक्त रुपमा आन्दोलनमा जाने तयारी गरिरहेका छन् ।

हप्ता दिन सम्म मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा बस्दा अन्य समुदाय त आफ्नै समूदायबाट प्रदेश तथा अन्य क्षेत्रमा जननिर्वाचित सांसद तथा जनप्रतिनिधिहरु हेर्न समेत गुनासो गरेका छन् । दलित, महिला तथा सिमान्तकृत समुदायको अधिकार सुनिश्चितताको लागि सञ्चारकर्मी संगको अन्तरक्रिया कार्यक्रममा शनिबार वीरेन्द्रनगरमा उनीहरुले यस्तो बताएका हुन । छलफलमा वीरेन्द्रनगर–११ का खिमबहादुर बादीले आफ्नै समुदायका मानिसहरुबाट समेत सहयोग नपाएको बताए । ‘हाम्रो समुदाय क्षेत्रबाट पनि जनप्रतिनिधिहरु सांसदहरु छन्,’ उनले भने, ‘हिजो चुनावको भोट दिएर जिताएका हाम्रा समस्या समाधान गर्न त परको कुरा हो एक पटक भेट्न समेत आउनु भएन् ।’

कर्णाली प्रदेश सभामा दलित समूदायका ६ जना सांसदहरु रहेका छन् । सत्तारुढ नेकपा संसदीय दलका प्रमुख सचेतक सीता नेपाली, सांसदहरु रातो कामी, दानसिंह परियार, झोवा कामी, रहेका छन् । ती सबै सांसदहरु आफुहरुको मागमा कोही पनि जिम्मेवार नभएको पाइएको बादी समूदायको गुनासो छ ।

नगरपालिकामा जाँदा उसले हाम्रो समस्या बुझ्दैन । प्रदेश सरकारले आफूसँग जग्गा दिने अधिकार छैन भन्छ । हामीले को सँग संविधानले दिएको मौलिक अधिकार कार्यानवयनको माग गर्ने ? नानपा १ नमूना बसतमिा बस्दै आएकी कमला वादीले भनिन, ‘विगत पुस्तौं देखि हामी जग्गा बिहीन छौं । हाम्रो माग सम्वोधन कसले गर्ने ? कि हामीलाई यो देशको नागरिक होइन भनेर राज्यले भनोस, होइन भने हाम्रो माग सम्वोधन गरेर हामीलाई बाँचन पाउने, खान पाउने अधिकार सुनिश्चित गरियोस ।’

वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य विष्णु वादीले सांसदहरु वादी समूदायको मागप्रति गैरजिम्मेवार भएको आरोप लगाए । बादी आन्दोलनका संयोजक हिक्मत वादीले आफुहरुको परम्परा मागेर खाने, सीप बेचेर खाइरहे पनि कोरोना संकटका कारण आफूहरु बाध्य भएर राज्य संग जग्गाको माग गरिरहेको बताए । ‘हामी हिजो खोला छेउमा नै बस्यौं, ढुंगा गिट्टी कुटेर गुजारा गर्यौं,’ उनले भने, ‘अझ भनौं, हामी गाउँमा मागेर खाने गथ्र्यौ. । तर कोरोनाले हामीलाई भोकै बनायो । त्यो भोकै हुनुको कारण हामीसँग जग्गा छैन । जग्गा नभएका कारण भोकै बसियो ।’