२०७९, १७ मंसिर शनिबार

प्रजिअ रेग्मी सरुवा

सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार प्रजिअ रेग्मी सहित ३१ जना सह–सचिवको सरुवा गरेको छ ।

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका सचिव शोभाकान्त पौडेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । भने आन्तरिक मामिला तथा कानून मन्त्रालयका पुण्य विक्रम पौडेल सरुवा भएर आएका छन् ।