२०७८, ९ आश्विन शनिबार

एन्फाले ग्रासरुट फुटबल अन्तर्गत बाल खेलाडीको छनोट गर्दै

सुर्खेत । ग्रासरुट फुटबल अन्तर्गत बाल खेलाडीको छनोट यहि फागुन १८ र १९ गते हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार खेलाडीहरुलाई छनोट गर्न लागिएको हो । हाल एन्फामा आवद्ध सुर्खेत र जुम्ला जिल्ला फुटबल संघ अन्तर्गत सञ्चालित ग्रासरुट फुटबल प्रशिक्षणमा रहेका १३ वर्ष मुनीका बाल खेलाडीहरुको छनौट सुर्खेतमा हुने भएको हो । प्रदेशस्तरीय छनौटका लागि जिल्लास्तरमा भएको प्रारम्भिक चरणको छनौटबाट सुर्खेतका २६ जना खेलाडीहरु दोश्रो चरणको छनौटमा पर्न सफल भएका छन ।

एन्फाबाटै आउने प्रशिक्षक तथा प्राविधिकहरुको टिमले २६ मध्येबाट राष्टिय स्तरको छनौटका लागि खेलाडी छनौट गर्ने कर्णाली प्रदेश फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । आधारभूत तह देखि नै फुटबलको विकास गर्न सानै उमेर देखि फुटबल प्रशिक्षण दिई युवा उमेर समूहको टीम बनाउने उद्देश्यले सुर्खेत र जुम्लाका खेलाडीको छनौट सुर्खेतको वीरेन्द्रनगरमा गर्न लागिएको उनले बताए ।

फागुन १८ र १९ गते वीरेन्द्रनगर स्थित स्थानीय रंगशालामा हुने छनोटमा सहभागि हुन २०६५ पुष १५ देखि २०६६ पुष १४ को बीचमा जन्मिएको जन्मदर्ताको प्रमाण पेश गर्नु पर्नेछ । जिल्ला तह र प्रादेशिक तह हुँदै राष्टिय छनौट पार गर्ने खेलाडीलाई एन्फाले आप्mना टेक्निकल सेन्टरमा आवासीय रुपमा राखेर पढाई लेखाइसंगै फुटबल प्रशिक्षण दिइनेछ । बालबालिकालाई ८ वर्षको उमेरदेखि नै फुटबलमा आकर्षित गर्न एन्फाको कार्यक्रम अनुसार सुर्खेत जिल्लामा पनि करिव ३ वर्ष अघि देखि ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनमा रहेको छ । विभिन्न विद्यालयका उमेर समूहका खेलाडीहरु बिच ग्रासरुट लिग पनि नियमित रुपमा सञ्चालन रहेको महासचिव कार्कीको भनाई छ ।