२०७८, ८ आश्विन शुक्रबार

खेल पूर्वाधार निर्माणमा चुक्दै प्रदेश सरकार

सुर्खेत । कृषि, पर्यटन, उद्योग संगै खेलकुद क्षेत्रलाई विशेष प्रथामिकतामा राखेको कर्णाली प्रदेश सरकार पूर्वाधार निर्माणमा चुक्दै गएको छ । प्रदेशलाई आवश्यक पर्ने खेल पूर्वाधार तयार गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त खेलाडीहरु उत्पादन गर्ने लक्ष्य प्रदेश सरकारको छ । तर सरकार निर्माण भएको तीन बर्ष पुग्दा खेलकुद पूर्वाधार तर्फ कुनै काम हुन सकेन । खेलकुदको लागि छुट्याएको बजेट प्रत्येक बर्ष फ्रिज हुँदै आएको छ ।

स्थापना कालयता तीन वटा बजेट ल्याएको प्रदेश सरकारले खेलकुदलाई प्रथामिकतामा राखेर बजेट छुट्याउने गरेको छ । तर बजेट कुनै पनि खर्च नभएर आर्थिक बर्ष सकिने गरेको छ । चालु आर्थिक बर्षको बजेट कार्यान्यन हुने कुनै सुरसार छैन । तीन बर्षको प्रतिवेदनमा प्रदेश सरकारले खेलकुद विकास ऐन निर्माण र खेलकुद नियमावलीको मस्यौदा तयार गरेको बताएको छ ।

प्रदेश सरकारले वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माणको लागि चालु आर्थिक बर्ष २०७५÷०७६ मा ७ करोड, चालु आर्थिक बर्ष २०७६÷०७७ मा २ करोड ५० लाख रुकम विनियोजन गरेको थियो । ती दुई आर्थिक बर्षको बजेट सबै फ्रिज भयो । चालु आर्थिक बर्षमा पनि सोहि रंशगाला निर्माणको लागि २ करोड रकम छुट्याएको छ त्यो रकम पनि फ्रिज हुने लगभग निश्चित जस्दै छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले खेलकुदको क्षेत्रमा २ करोड ५० लाखको लगानीमा हुम्लामा बहुउदेश्यीय खेलकुद रंगशाला र एक करोडको लगानीमा कालिकोटको रास्कोटमा रंगशाला निर्माण गरेको बताएको छ ।

सामाजिक विकास मन्त्रालय खेलकुद माहाशाखाका प्रमुख जवाहरलाल हमालले खेलकुद तर्फका धेरैजसो संरचनाहरु अहिले निर्माणाधिन रहेको बताए । चालु आर्थिक बर्षको हाल सम्म खेलकुद तर्फका कुनै पनि काम अघि बढ्न नसकेको भन्दै उनले ऐन कानुन निर्माण गर्दै जाँदा बजेट कार्यान्यनमा ढिलाई भएको बताए । प्रदेश सरकार ऐन कानुनमा अड्कीँदा कर्णालीको खेलकुद फस्टाउन सकेको छैन ।

यसो त कर्णाली प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने बताएको छ । खेलकुद संरचना सून्य भएको प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना गर्ने आँट गर्ने प्रदेश सरकारले पूर्वाधार निर्माणमा भने आट निकाल्न सकेको छैन । २०७९ मा आयोजना गर्ने भनिए पनि कोरोना भाइरस (कोभिड–१९)का कारण दशैँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८० मा आयोजना गर्ने बताइएको छ । १०औँ राष्ट्रिय खेलकुदको तयारीको लागि कर्णाली प्रदेश सरकार संग झण्डै ३ बर्ष बाँकी छन् । यो तीन बर्षका प्रदेश सरकारले खेलपूर्वाधार निर्माणमा तिव्रता दिएको अवस्थामा मात्रै दशैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक भौतिक संरचना निर्माण गर्न सकिन्छ ।

प्रदेश सरकारको चालु आर्थिक बर्ष पनि ऐन कानुन निर्माण, बाधा अड्काउ फुटाउमै जाने देखिन्छ । गठन भएको झण्डै तीन बर्ष पछि मात्रै प्रदेश खेलकुद परिषद्को निर्माण गरिएको छ । गएको पुषमा सपथ खाएका परिषद्का पदाधिकारीहरुले खेलकुदका गतिविधि तिव्र रुपमा अघि बढाउने भनेपनि ऐन कानुन निर्माणमै अड्कीएका छन् । आफुहरु नियुक्ती भएको दुई महिना देखि एने कानुन निर्माणलाई तिव्रताका साथ अघि बढाएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिवमा विश्वमित्र संज्यालले बताए । ‘खेलकुद् परिषद्लाई चाहिने ऐन कानुन निर्माणलाई हामीले तिव्रता दिएका छौँ,’ उनले भने, ‘यस बर्ष हामीलाई चाहिने सबै कानुन निर्माण गरेर सक्छौँ । यस बर्ष पूर्वाधार तर्फ उल्लेखनिय काम नभए पनि आगामी आर्थिक बर्षबाट तिव्रताका साथ काम हुन्छ ।’ चालु आर्थिक बर्षका ऐन कानुन निर्माण गरेर सकेर वीरेन्द्रनगरमा निर्माण हुन लागेको प्रादेशिक रंगशालाको टेण्डर पक्रिया सक्ने उनको भनाई छ ।

आफुहरु दशैँ राष्ट्रिय खेलकुद प्रतियोगिता फोकस गरेर लागिरहेको भन्दै उनले अहिलेकै अवस्थामा दशैँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्भव नरहेको बताए । गएको तीन बर्ष यता दशैँ राष्ट्रिय खेलकुद विकासको लागि संघ सरकारले पठाएको रकम, प्रदेश सरकारले खेलकुदको लागि छुट्याएको रकम फ्रिच भइरहेको भन्दै उनले खेलकुद परिषद्ले ती सबै समस्याको समाधान गरेर पूर्वाधार विकासलाई तिव्रता दिने बताएका छन् ।