मैत्रीपूर्ण पुरुष भलिबलको उपाधि शुभ लक्ष्मीलाई
सुर्खेत । शुभ लक्ष्मी युवा क्लब पशुनाउला सिम्ता–९ खानिखोलाले सहिद सप्ताहको अवसरमा आयोजना गरेको वडा स्तरिय मैत्रीपूर्ण पुरुष भलिवल प्रतियोगिताको उपाधी हात पारेको छ । फाइनलमा नवदिप युथ क्ल्ब सिम्ता–९ चोल्पालाई हराउँदै शुभ लक्ष्मिले उपाधी हात पारेको हो । प्रतियोगिताको बिजेता सुभ लक्ष्मिले १० हजार सहित मेडल र प्रमाणपत्र र उपबिजेता नवदिपले ७ हजार सहित मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक शुभ लक्ष्मिका कमल रेग्मी घोषित भएका छन भने उत्कृष्ट अनुशासन खेलाडी नवदिप युथ क्लबका बिजय नेपाली भएका छन ।
बिजेता खेलाडिलाइ पुरुस्कार बितरण गर्दै नेकपा जिल्ला कमिटी सदस्य प्रमुख अतिथि प्रेम बहादुर सुनारले भलिबललाई सरकारले राष्ट्रिय खेलको रुपमा बिकाश गरेकाले अनुशाशीत रहेर खेल खेल्न खेलाडिहरुलाइ आग्रह गरे, यस्तै विशेष अतिथि लक्ष्मी प्राथमिक बिधालयका प्रधानाध्यापक अमरसिंह रेग्मिले खेलकुद नै राष्ट्रलाई चिनाउने क्षेत्र भएकाले सधै इमान्दारी र अनुशासनमा रहेर खेल प्रदर्सन गर्न खेलाडिलाइ सुझाब दिए ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य प्रायोजन महिला शसक्तिकरण मन्च पशुनाउला, र सह प्रायोजन लेकबेशी सामुदायिक बन समिती पशुनाउला र सिर्जनशील महिला समूह पशुनाउलाले गरेका थिए । समापन समाहरोहमा खेलकुद प्रतियोगिता अबधिसम्म सहयोग गर्ने सहयोगिदातालाई नगद सहित सम्मान पत्र द्दारा सम्मान गरिएको थियो ।