२०८०, १० चैत्र शनिबार

श्रुतीले रचिन इतिहास, पावर लिफ्टिङ व्लर्ड कपमा नेपाललाई स्वर्ण

सुर्खेत । भारतमा भएको २१औं विश्व पावर लिफ्टीङमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी सुर्खेतकी चेली श्रुती कार्कीले स्वर्ण पदक जितेकी छन् । भारतको महाराष्ट्रस्थित अमरावतीमा भएको विश्व पावर लिफ्टीङ च्याम्पियनमा कार्कीले ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन । कार्कीले जुनियर क्याटोगेरेटी एक र ओभलअलमा एक गरी दुई स्वर्ण पदक जितेकी हुन ।

सोमबार सकिएको फाइनलमा नेपालले ३ स्वर्ण एक रजत जितेको छ । मंसिर १९ गते देखि २२ गते (डिसेम्बर ४–७) सम्म संचालन भएको पावर लिफ्टिङ व्लर्ड कप–२०२० मा नेपालको तर्फबाट सहभागिता जनाउने श्रुती एक्ली महिला हुन । श्रुती संगै नेपालका हसन गुरुङ र आशिष आलेमगरले एक÷एक स्वर्ण जितेका छन् । राजेश सुवालले एक रजत पदक जितेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर–६ निवासी श्रुतीले कर्णाली खेलकुदको क्षेत्रमा पनि पछि भन्नेहरुका गोल्ड मेडल जितेर देखाएकी सुर्खेत जिल्ला फुटबल संघको उपाध्यक्ष प्रमोद हमालले बताए । ‘कार्कीले कर्णालीबाट नेपालको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय स्तरमा नेपाल र कर्णालीलाई चिनाएकी छन्,’ मिडवेस्र्टन फिटनेस सेन्टर वीरेन्द्रनगर–६ सञ्चालक समेत रहेका हमालले भने, ‘सरकारले यस्ता प्रतिभाहरुको आत्मबल बढाउनको लागि पनि उचित सम्मान गुर्न पर्छ ।’

कर्णालीमा खेलकुद पूर्वाधार र संरचनाहरु कमजोर हुँदा हुँदै पनि खेलाडीहरुले अन्तर्राष्ट्रिय पदक जितिरहेको अवस्थामा पूर्वाधार निर्माण भएको अवस्थामा यहाँको खेलकुद अन्य प्रदेश भन्दा राम्रो हुने उनको भनाई छ । कार्की सहित नेपाली खेलाडीहरुको हौसला बढाउन एशियन पावर लिफ्टीङ फेडेरेसनका उपाध्यक्ष जीवन गिरी, सह–सचिव एवम् म्यानेजर एवम् प्रशिक्षक केदारमान स्थापित सहभागी थिए ।

यस अघि प्रतियोगितमा सहभागित हुन श्रुती मंसिर १७ गते भारत गएकी थिइन् । श्रुती पर्सी (२५ गते) नेपाल फर्कीने कार्यक्रम रहेको छ । भैरवा, पोखरा, काठमाडौँमा हुँदै श्रुती सुर्खेत आउने कार्यक्रम रहेको छ ।