पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो
जाजरकोटको बारेकोट गाउँपालिका–४, सार्कीटोलमा बिहीबार राती गएको पहिरोमा परी बेपत्ता थप २ जनाको शव फेला परेको छ ।
२ जनाको शव फेला परेसँगै मृतकको संख्या ११ पुगेको छ ।
पहिरोले दुई घर बगाउँदा पाहुना आएकासहित १२ जना बेपत्ता भएका थिए । मृत्यु हुनेमा बारेकोट–४ का वर्ष ५२ का गोपाल सार्की, उनकी १३ वर्षीया छोरी लक्ष्मी सार्की, ११ वर्षका छोरा अर्जुन सार्की, ३४ वर्षीया कलु सार्की, १४ वर्षीया तिर्खी सार्की, ११ वर्षीया कमला सार्की, ६ वर्षिया सुवास सार्की, २० वर्षीया दिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीया वीरेन्द्र सार्की रहेका छन् भने ५० वर्षीया पुष्पा सार्कीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशा ेर श्रेष्ठले जानकारी दिए । घटनामा परी पाहुना हुन पुगेका कुशे गाउँपालिका–९, चौराटाका १४ वर्षीया गौरी सार्की, १६ वर्षीय कविता सार्की, २० वर्षीय डिल्ली सार्की तथा १८ वर्षका वीरेन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्रेष्ठले बताए ।
बारेकोट–६, धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने धुमा खोलाले बगाउँदा बेपत्ता छन् । भिरबाट लडेर खोलामा परेका जुनीचाँदे–११ का डिल्लीबहादुर चनारा पनि सानाखोलामा बेपत्ता छन् । यस्तै, पहिरा ेले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा चार सय बढी परिवारका दुई हजार बढी मानिसहरु विस्थापित भएका छन् ।
प्रहरीका अनुसार बारेकोट–१, कोट्लीका १२ परिवारका ६० जना, सोही वडाको धौलाकोटका ३२ घरका एक सय २५ जना, वडा नम्बर ४ जिरीका ५१ परिवारका दुइ सय १५ जना, गोठगाँउका ७३ घरका तीन सय ७० जना, तल्लो जिरीका ३० घरका एक सय पचास जना, मैनाका ६० घरका तीन सय जना र वडा नम्बर ५ क ा क ालाखा ेल ी, ता ेल्खान, भैलोखानाका एक सय ५० घरका नौ सय जना विस्थापित भएका छन् । प्रहरीले सब्कलन गरेको तथ्याब्क अनुसार तीन दिन यता अहिलेसम्म बार ेकोटमा चार सय आठ घर विस्थापित भएका छन् । दुई हजार एक सय २० भन्दा बढी मानिस विस्थापित भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिएका छन् ।