२०८१, २१ बैशाख शुक्रबार

कर्णालीका लागि कर्मचारीको विज्ञापन गर्न मानेन आयोगलेः प्रमुख सचिव भण्डारी

सुर्खेत ।
कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीले लोकसेवा आयोगले कर्णालीका लागि विज्ञापन गरिदिन गरेको आग्रह लत्याएको बताएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकारसँग भेटघाट गर्दै उनले कर्णालीकालागि लोकसेवा आयोगलाई विज्ञापन गरिदिन माग गरेपनि आयोगले नसुनेको बताए ।

‘हामीलाई ३५० पदहरु पुर्ति गर्नुछ । यी पदहरुका लागि विज्ञापन गरिदिन आयोगसँग बारम्बार अनुरोध गरेका छौं ।’ उनले भने, ‘तर आयोगले भने अन्य प्रदेशको माग आएको खण्डमा मात्रै कर्णालीका लागि पनि विज्ञापन गरिनेछ भन्ने जवाफ दियो ।’ त्यसले गर्दा पनि कर्णालीमा पविधिक कर्मचारी अभाव भएकाले बजेट कार्यान्वयनमा ढिलाई भएको उनको भनाई थियो ।

नाम कर्णालीको, काम अन्यत्र

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केहि महिना पहिले राजधानमिा कर्णालीका कर्मचारीहरुसँग कर्णालीमा फर्कन आग्रह गरेतापनि कर्णालीको नाउँमा पिछडिएको कोटाबाट जागिर खाएकाहरुले सामान्य प्रशासन मन्त्रीलाई कर्णाली नपठाउन माग गरेको प्रमुख सचिवको भनाई छ ।

‘उहााहरुलाई मुख्यमन्त्री शाहीले कर्णालीकै भएका कारण कर्णालीमा सेव ागर्न आग्ह गरेका थिए ।’ उनले भने, ‘तर उहाँहरुले मान्नु नै भएन ।’ कर्णालीबाट परीक्षा पास गरी जाने, पिछडिएको कोटाबाट माथिल्लो पदमा पुग्ने तर कर्णालीलाई फर्केर नहेर्ने गरेका कारण कर्मचारी अभाव भएको मुख्यमन्त्री शाहीको निष्कर्ष रहेको प्रमुख सचिवको भनाई छ ।

बजार मुल्य अनुसार प्रोत्साहन भत्ता

कर्णाली प्रदेश सरकारले कर्मचारी आउन नमानेपछि प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । ‘जहिले पनि कर्मचारी अभाव हुने भएपछि सरकारले प्रोत्साहन रकम दिने योजना बनाएको छ ।’ उनले भने, ‘हुम्लालाई अलग्गै, जुम्ला कालिकोट, मुगु र डोल्पालाई अलग्गै प्रोत्साहन रकम दिइनेछ ।’

उनले भने, ‘सुर्खेतका हकमा थोरै कम दिने र बाँकी दैलेख, सल्यान, रुकुम र जाजरकोटलाई एकै खालको पेत्साहन रकम दिने गरी सरकार अघि बढेको उनको भनाई छ । उनले कर्णालमिा अहिले ११ सय कर्मचारी मात्रै आइपुगेको बताए । तर कर्णालीका लागि आउनुपर्ने जम्मा कर्मचारीको संख्या १९९२ हो । १३०० जना कर्मचारी समायोजनमा गएको उनको भनाई छ ।