२०८१, १९ बैशाख बुधबार

नागरिकमैत्रि योजना

स्थानिय स्तरको सरकारलाई नेपालको संविधान २०७२ ले चाहिने जती मनग्य अधिकार प्रत्यायोजन गरेको छ । संविधानले दिएको अधिकार मात्रै प्रयोग गर्ने हो र काम गर्ने हो भने स्थानिय स्तरमा धेरै नागरिकले साच्चिकै स्थानिय सरकार आफ्नै घर दैलोमा पुगेको महसुस गर्ने थिए । तर दुखको कुरा त्यसो हुन सकेको छैन ।

तर केहि स्थानिय तहले भने त्यसरी काम गरिरहेका छन् । हाल विश्वभरी नै देखिएको चुनौतिका विरुद्धमा लड्ने योजना देखी स्थानिय नागरिकका आवश्यक्ताहरुको प्राथामीकताका आधारमा काम भैरहेको देखिीन्छ । जस्तो दैलेखको चामुण्डा बृन्दासैनी नगरपालीकाले आफ्नै मोडेलको विकाशको काम अगाडी सारेको छ ।

नगरपालीकाले ग्लोबल वार्मिंग कम गर्न चामुण्डा विन्द्रासैनी नगरपालिकाले विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाका अनुसार जनप्रतिनिधि जनताका मात्र होइनन जनावरका पनि हुन भन्ने मुल नाराका साथ नगरपालिकाले यो वर्ष पाँच सय भन्दा बढी वर पिपलका विरुवाहरु रोपेको छ ।

१ हजार ८ ओटा बरपिपल रोप्ने योजनाका साथ नगरपालिका अघि बढेको छ । त्यस्तै नगरपालिकाका नौ वटा वडाका ४५ जना जनप्रतिनिधिले अहिले ४५ ओटा बन संरक्षण गरिरहेका छन् । एक वडा एक आयमुलक जंगल बनाइएको छ । एक वडा एक नर्सरी बनाइसकिएको छ भने उक्त नर्सरीमा विरुवाहरु उत्पादन भइ विक्री तथा वितरण भइसकेका छन् । नगरपालिकाले आइएस्सी एजी पढन चाहने विद्यार्थीलाई लक्षित गर्दै आऊ, पढ, कमाएर घर जाउ भन्ने नारा अघि सारेको जनाएको छ ।

यस्ता यस्ता मौलिक काम गरेर सानो भएपनि नागरिकका लागि केही गर्ने प्रयास गरिरहेको यो नगरपालीका जस्तै अन्य नगरहरुले नि सिक्न जरुरी छ । ताकी सबै नागरिकले आफुहरुले सत्ता आफ्नो पक्षमा भएको अनुभुत गर्न पाउन् । यस्तो सकारात्मक कामको सुरुवात सबैक्षेत्रबाट होस् ।