२०८१, ७ बैशाख शुक्रबार

गुर्भाकोटमा कानुनी अनुशिक्षण

लक्ष्मीप्रसाद पौडेल

सुर्खेत ।
सुर्खेतको गुर्भाकोट नगरपालिकाका महिला वडा सदस्य र अन्य महिलाहरुले वडास्तरमै कानुनी अधिकार सम्बन्धी क्षमता अभिवृद्धीका कार्यक्रम आवश्यक रहेको बताएका छन । गुर्भाकोट नगरपालिकामा आजदेखी सुरु भएको ‘२ दिने कानुनी अनुशिक्षण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

सहभागीहरुले आफुहरुलाई कानुनसम्बन्धी धेरै ज्ञान नभएकोले विगतमा विभिन्न घटनामा पिडित भएको अनुभव सुनाए । वडास्तरमै यस्ता कार्यक्रम गरेमा धेरैलाई राहात हुने उनिहरुको अनुभव सुनाए । गाउँ, टोल, छरछिमेक जहाँतही कानुनी अधिकारसम्बन्धी तथा दण्डसजाए सम्बन्धी कार्यक्रम भएमा हिंसाका घटना पनि कम हुने र पिडितलाई पनि राहातका लागि अधिकारसम्बन्धी ज्ञान हुने भएकाले यस्ता कार्यक्रम नगरपालिकाले वडास्तरमै गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा बोल्दै गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले कानुनबारे सबै जावकार हुनुपर्ने बताए । उनले उक्त तालिमा सहभागीहरुलाई आ-आफ्नो सम्बन्धित वडा, टोल, छरछिमेक र साथिभाइहरुलाई जानकारी दिन अनुरोध गरे ।

यस्तै कार्यक्रममा बोल्दै गुर्भाकोट नगरपालिकाका नगर उपप्रमुख मैना विकले नगरपालिकामा विभिन्न मुद्धाहरु समाधान गर्न नगरपालिकाले वडास्तरमै इजालस गठन गरेको बताइन । नगरपालिकाे न्ययिक समितीको संयोजकसमेत रहेकी उपप्रमुख विकले नगरपालिकाका जनप्रतिनिधीले जनताहरुको आवश्यकता र चाहानाअनुरुप काम गर्नुपर्नेमा जोड दिइन । “हामी जनप्रतिनिधी निर्वाटित भइसकेपछी हाम्रो आशा जनतामा ठुलो मात्रामा छ, जनतालाई पनि कानुन थाहा नभएर जनप्रतिनिधीलाई पनि थाहा नभएको खण्डमा अप्ठ्यारो पर्छ। जनताले गैरकानुनी कुरा गरेमा हामी नाजावाफ हुन सक्छौँ ।” उनले भनिन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख मैना विक/भिडियो: लक्ष्मी पौडेल

उनले नगरपालिकाले यस्ता कार्यक्रमको आवश्यकताअनुसार गरिरहने बताइन । भोतिक विकासभन्दा पनि जनताको अधिकार, शिक्षा र चेतना विकासमा जोड दिने उपप्रमुख विकको भनाई छ ।

कार्यक्रममा बोल्दै अधिवक्ता गिता कोइरालाले कुनैपनि कानुनले अन्याय नगर्ने स्पष्ट पारिन । सहभागीहरुको जिज्ञासामा कोेइरालाले कानुनले अधिकार दिएको र हामिलाई ज्ञान नभएर समस्या परेको दावी गरिन । “हामि भन्छौँ कानुनवे अन्यायो गर्यो, तर कानुनले कहिल्यै अन्याय गर्दैन। कानुन सबैका लागि समान छ, तर अन्याय हाम्रो परम्परागत सोच र संस्कारले गर्यो।” उनले भनिन । उनले कानुनको महत्व जो कोहिलाई धेरै भएको बताइन ।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका १४ वटै वडाका महिला मडा सदस्य, नगरकार्यपालिकाका महिला सदस्य र अन्य महिला सदस्य गरी करिब ६० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।

द ग्रिनसिटी सेनिटेशन सेवा नेपालको आयोजना, कर्णाली मिडिया सेन्टरसंगको सहकार्य र गुर्भाकोट नगरपालिकाको सहयोगमा आइतबारदेखी सुरु भएको कार्यक्रम २ दिनसम्म चल्नेछ ।