२०८१, ८ बैशाख शनिबार

जन्मोत्सव बृद्धाश्रममा

सुर्खेत ।
हिजोआज विभिन्न माध्यमबाट सुख, दुख (शेयर) बाट्ने चलन बढेको छ । बद्लिँदो समयसँगै भागदौडपूर्ण जीन्दगीमा एक मुठ्ठी खुशी भएपनि मौका मिल्ने वित्तिकै धेरैजसो मानिस शेयर गरिहाल्छन । यसैक्रममा आइतबार नेपाली सेनाका दिपेनसिंह ठकुरीले वीरेन्द्रनगरको लाटिकोइलीमा रहेको प्रशान्ती बृद्धा आश्रममा रहेका बृद्धबृद्धाहरुसँग आफ्नो ३६ औं जन्मदिन मनाएँर खुशी बाटें । सेनाको जागिरे ठकुरीलाई छुट्टी कमै मिल्ने भएकाले सानो मौका छोपेर विहान प्रदेश अस्पताल सुर्खेतका विरामीलाई रक्तदान गरिसकेपछि दिउँसो बृद्धबृद्धाहरुसँग आफ्नो जन्मोत्सव मनाएका हुन् ।

विनायकदल गणमा कार्यरत ठकुरीले असार १५ गतेको धान दिवसलाई समेत मौका छोपी दही, चिउरा, आप, केरा, स्वाउ लगायतका फलफुलसँगै बृद्धबृद्धालाई गक्ष्य अनुसारको दक्षिणा दिएँ ।

जीवन साथी कृष्णा सिंहसँगै बृद्धाश्रम आएका ठकुरीले दिनभरी बृद्धबृद्धाहरुसँग मिष्ठान भोजन तथा भजनकिर्तन गरेर विताए । वीरेन्द्रनगर–११, खजुरा निवासी ठकुरी पेशाले सुरक्षाकर्मी भएपनि मन, बचनले मानव सेवाका लागि सधै उत्प्रेरित रहने गरेको बताउँछन् । उनले आउँदो जन्मोत्सव पनि दिनदुःखी तथा असहायसँग मनाउने योजना रहेको बताए ।