२०८१, ८ बैशाख शनिबार

तिलागुफा नगरपालिकाले यस वर्ष ५७ करोडको बजेट ल्याउँदै

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकाले ५७ करोडको बजेट ल्याउने भएको छ । यहि असार १० गते बजेट ल्याउने तयारी भएको नगरपालिकाका उपमेयर दर्शना नेपालीले बताइन ।

उपमेयर दर्शना नेपालीका अनुसार स्थानीय तहमा प्रत्यक वर्ष असार १० गते वार्षिक बजेट ल्याउने गरिएकाले त्यसै अनुरुप ५७ करोडको बजेट ल्याउने तयारी भएको छ । यस वर्षको बजेटमा कृषि पहिलो प्राथमिकतामा परेको छ । त्यसपछि बजारीकरणको विस्तार, शिक्षा र स्वास्थ्यमा बजेटले विशेष जोड दिएको छ । त्यसैगरी भौतिक पूर्वाधार निर्माण गर्ने विषयलाई पनि बजेटले प्राथमिकतामा राखेको छ ।

‘अघिल्ला बर्षाका बजेटबाट ११ वडामध्ये १० वडामा गाडीकाे सुविधा पुर्‍याउन सफल भएका छाैं । थुप्रै राम्रा काम भएका छन् । सबै वाडामा स्वास्थ्य सेवाकाे पहुँच पुगेकाे छ । बर्थिङ सेवा सबै वडामा पुगेकाे छ । आगामी दिनमा विगतका कमिकमजाेरी र अनुभवकाे पनि सदुपयाेग गर्दै काम गर्ने गरी याेजनाहरु बनाएका छाै‌ं ।’