२०८१, ७ बैशाख शुक्रबार

कर्णाली सरकार र संसद : दुवैको जित, दुवैको हार

सुर्खेत । बाह्रौं गणतन्त्र दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कर्णाली प्रदेश सरकार हारेको छ । कर्णाली प्रदेश सरकार र प्रदेश सभाका सदस्यबीच भएको मैत्रीपूर्ण खेलमा सरकारले हार वेहोर्नु परेको हो ।

तर ब्याडमिन्टनमा प्रदेश सरकारको टोलीले जीत हासिल गरेको हो । जिल्ला खेलकूद विकास समितिको मैदानमा मंगलबार सम्पन्न भलिबलमा प्रदेश सरकारका मन्त्रीहरुको टोलीलाई प्रदेश सभा सदस्यको टोलीले २५÷१२, २५÷१७ २८÷२६ ले पराजित गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा मन्त्रीहरु र प्रमुख सचेतक गुलाबजंग शाहको नेतृत्वमा प्रदेश सभा सदस्यहरुको टोली भिडेको थियो । ब्याडमिन्टनतर्फ मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री दल रा वलले तीन सेटमा सभामुख राजबहादुर शाही र प्रदेश सभा सदस्य अम्मरबहादुर थापालाई पराजित गरे ।

त्यस्तै, महिलातर्फ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी विजयी भइन् । उनले उपसभामुख पुष्पा घर्तीमगरलाई सोझै तीन सेटमा पराजित गरिन् । कार्यक्रमपछि सामाजिक विकास मन्त्री दल रावलले खेलकूद हामी सबैको सम्पती भएको बताए ।

‘‘खेलकूद हामी सबैको प्रत्यक्ष जोडिएको सवाल हो, त्यसकारण प्रदेश स रक ा रल े आ व श्यक स ंरचन ा निर्माणका लागि तयारी गर्दैछ ।’’ मन्त्री रावलले भने, ‘‘आगामी बजेटमा खेलकूदसम्बन्धी नीति र आवश्यक रकमको हामी व्यवस्था गर्छाैँ ।’’ सभामुख राजबहादुर शाहीले प्रतिष्ठाका लागि खेल नखेलेको बताए ।

‘‘खेलले मानव जीवनलाई बलियो बनाउँछ अनि सु–स्वास्थ्य र निरोगी बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’’ उनले भने, ‘‘खेलले व्य िक्तमात्र हा ेइन, द ेशला ई न ै अन्तर्राष्ट्रिय स्तरमा चिनाउँछ ।’’ यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले खेल जगतलाई बलियो र दीर्घायू बनाउन कर्णाली प्रदेश सरकार तयार रहेको बताए । ‘‘कर्णालीलाई देश विदेशमा चिनाउन खेल क्षेत्रको महत्व मैले बुझेको छु, कर्णली सरकार खेल क्षेत्रको विकासका लागि तयार छ’’ उनले भने, ‘‘हामीले रकमान्तर गरेर भए पनि ५० लाख रुपैयाँ कभर्ड हल निर्माणका लागि हस्तान्तरण गरिसकेका छौँ ।’’ मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रंगशाला बनाइ छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘‘गत वर्ष सात करोड रुपैयाँ हामीले रंगशाला निर्माणका लागि विनियोजन गरेका थियौँ तर त्यो खर्च गर्न संरचना अभावका कारण सकिएन ।’’